‘नाई नभन्नू ल’ सिरिजका विशेषता भन्नु नै मीठो संगीत, मार्मिक कथा र मन छुने संवाद हुन् । संगीत त अझ फिल्मको मुटुनै भन्दापनि केरी फरक नपर्ला । कथालाई अभिव्यक्त गर्ने हिसाबले आउने गीतले ‘नाई नभन्नू ल’ का हरेक सिरिजलाई दर्शकमाझ प्रतिक्षीत बनाउन मद्दत गरेका छन् ।
लगालग ४ सिरिज हिट भएपछि आउँदो भाद्र ८ गते नाइ नभन्नु लको पाँचौ सिक्वेल प्रदर्शनमा आउँदैछ । विकासराज आचार्य निर्देशित ‘नाईं नभन्नू ल ५’ बाट दुई नयाँ कलाकारले डेब्यु गरेका छन् । नव-नायक अभिषेक नेपाल र बाल कलाकारमा सेड्रिना शर्माले यस फिल्मबाट लिड रोलमा ब्रेक पाएका छन् ।
हुन त: यस फिल्मका हरेक सिरिजबाट निर्देशक आचार्यले नयाँ कलाकारलाई लञ्च गर्दै आइरहेका छन् । ‘नाईं नभन्नू ल’ ले अभिनेता जीवन लुईटेल र अभिनेत्री ऋचा सिंह ठकुरीलाई एउटा उचाई दिलाएको थियो । दोस्रो भागबाट बाल कलाकारमा अनुभव रेग्मी र सुज्ञानी भट्टराई भित्रिए ।
अभिनेत्री वर्षा सिवाकोटीले पनि यही फिल्मबाट डेब्यु गरेकी थिइन् । तेस्रो सिरिजमा अनुभवको जोडी बनेर बाल कलाकार सफलता भट्टराई देखिइन् । चौथो शृंखलाबाट पल शाह, आँचल शर्मा र वर्षा राउतले एकसाथ डेब्यु गरेका थिए ।
‘नाईं नभन्नू ल ५’ मा नव-नायक अभिषेक नेपालको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ भने फेरि एकपटक अनुभवले पर्दामा नयाँ जोडी पाएका छन् । सेड्रिना शर्मासँग उनले अनस्क्रिन रोमान्स गरेका छन् ।
यसै फिल्मको पहिलो गीत हिजो सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । उक्त गीत रिलिज कार्यक्रममा स्वस्तिमा निकै राम्री र बोल्ड अवतारमा प्रस्तुत भएकी थिइन र फिल्म र फिल्म सुटिङका क्रममा भएका घटनाहरू पनि सेयर गरेकी छिन् ।
हेर्नुहोस् भिडियो :
Post a Comment