Latest Updates :

सिरियामा बेचिएकी नेपाली चेलीलाई रबि लामिछानेले पनि बचाउन नसक्ने अवस्था किन ? यस्तो छ कारण हेर्नुहोस भिडियो सहित !

SHARE THIS POST :
दमक । पछिल्लो समय यूट्यूव मार्फत चर्चामा आएको अशोक दर्जीको विवाद आज दमक नगर पालिकाको छलफलले मिलाएको छ ।दमक नगर पालिका वडा नं. २ को कार्यालयमा अशोकलाई गत असार २३ गते देखि लगेर स्कूलमा नल्याएकोले उप, स्थित गराउँन गरेको निवेदनको आधारमा आज मुद्धा मिलाइएको दमक नगर पालिकाका उपप्रमुख तथा न्यायिक समितिका प्रमुख गीता अधिकारीले बताउनु भयो ।

छलफल तथा अन्तकृयामा आजसम्म अशोकको रेखदेख र अध्ययन गराउँदै आउनु भएका वेथल एजुकेशन एकाडेमी प्रिन्सिपल दिपक न्यौपानेले अव देखिको जिम्मा आफूसँग कानुनी रुपमा नभएको र अशोकको जिम्मा बुवा पूर्ण दर्जिले लिने सर्तमा मुद्धा मिलाइएको न्यायिक समितिले जानकारी दिएको छ ।

छलफलको क्रममा संगीतकार टंक बुढाथोकीले संचार माध्यमको गलत प्रचारले यो विवादलाई थप प्राथमिकता दिएको भन्दै आफू दर्शकको कुरालाई ध्यान दिने बताउनु भयो । बुढाथोकीले घर निर्माण तथा अन्य क्षेत्रको खर्चबारे चाँडै नभई विस्तारै सार्वजनिक गर्दै जाने बताउनु भयो ।

यता प्रिन्सिपल न्यौपानेले अशोकको भविष्य राम्रो बनोस भन्ने हेतुले आफूले पढाइमा जोड दिँदा बाहिर लाने र ल्याउने क्रममा विवाद भएको बताउनु भयो । न्यौपानेले आफूले अशोक र उनको बहिनी साथी भूइकटरलाई समेत पढाए अवस्थामा कानुनी प्रकृया विपरित बाहिर लगरे नल्याएको प्रति आपती मात्र गरेको बताउनु भयो । विवादमा रहेका अशोक दर्जी अब आफ्ना बाबुसँगै बस्ने भएका छन्
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger