आज एउटा तस्बिर जो सामाजिक सन्जालमा भेटे र केही लेख्न मन लाग्यो। दिइएको तस्बिरमा हेर्नुस , प्रहरिले शानपुर्वक आफ्नो खुट्टामा एक व्यक्तिलाई राखेका छन । होला त्यो मान्छेले केही गल्ती गर्यो होला, तर सजाए दिने तरिका के येहि हो त ? यस्तै कामको लागि सरकारले खटाएको हो प्रहरीलाई ?
आफ्नो पैतालामा मान्छेलाइ राखेर उस्को आफ्नो हिसाबमा दादागिरी त बढ्यो होला तर उस्को इज्जत झन घटेको छ । यसरी अरुलाई तस्बिर खिच्न लगाएर अरुलाइ यो व्यवहार देखाउनु भनेको सरासर कानुनको अपमान गर्नु हो । यी प्रहरी जो सुकै भएतापनी कारबाहीको भागेदारी हुनुपर्छ जस्तो लाग्छ हामीलाई । यो सजाए दिने तरिका हैन । यस्ले कानुनको धज्जी उडाएको जो कसैले पनि भन्न सक्छ ।
कानुनलाइ खल्तिमा राखेर यी प्रहरीले देश र जनताको अपमान गरेको छ । कृपया एक सचेत नागरिकको हिसाबले सक्दो शेयर गरिदिनुहोला ताकी यो प्रहरीलाई कारबाहिको लागि दबाब दिन सकियोस् । स्रोत : Ktm Dainik
डा केसीलाई भेट्न सभापति देउवा शिक्षण अस्पतालमा
काठमाडौँ, ४ साउन (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
सो अवसरमा उहाँले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उहाँको जीवनरक्षाका लागि सरकारसँग माग गर्नुभयो ।
सभापति देउवाले लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुने बताउँदै डा केसीका माग जायज छन् र उनका पछाडि हामी लाखौँ जनता रहेको प्रतिक्रिया पनि दिनुभयो ।
त्यसैगरी काँग्रेसका नेता अर्जुननरसिंह केसी र राजपाका नेता महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा तथा रमेश यादवले पनि अस्पताल पुगी डा केसीको स्वास्थ्य अवस्थावारे जानकारी लिनुभयो ।
यता डा केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको र कुनै पनि समयमा आकस्मिक समस्या आउन सक्ने बताइएको छ ।
डा केसीका तर्फबाट वार्तासमितिका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले वार्ताका सम्बन्धमा सरकारका तर्फबाट आज कुनै पनि जानकारी नआएको बताउनुभयो ।
चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गर्नुभएको थियो ।
स्वास्थ्य जोखिममा पर्नेसक्ने भन्दै सरकारले हिजो हेलिकप्टरमार्फत डा केसीलाई काठमाडौँ ल्याएको थियो । हाल उहाँ १५ औँ पटकको २० औँ दिनको अनशन शिक्षण अस्पतालमा हुनुहुन्छ ।
जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गर्नुभएको छ ।
Post a Comment