Latest Updates :

८ महिनाकी नावालिकाको अपहरण पछि निर्मम हत्या किन बढ्दैछ अत्याचार ? समाचार

SHARE THIS POST :

औरही (महोत्तरी): महोत्तरीको औरही नगरपालिका-१ मा आठ महिनाकी नाबालिकाको निर्मम हत्या भएको छ । औरहीका इन्द्रेश चौधरी र सन्तोष चौधरीकी छोरी सोनाली अपहरणपछि मारिएकी हुन् ।

अबोध बालिकाको हत्या गरी फालिएको अवस्थामा भंगहा नगरपालिका-१ मेघनाथ गोरहन्नास्थित औकसी खोलाको पश्चिमपट्टि सोमबार शव भेटिएको हो । दुधे बालिका सोनालीको आइतबार अपहरण भएको थियो ।

निवस्त्र अवस्थामा शिशुको शव भेटिएको स्थानीय शिवालय चौधरीले बताए । ‘जिउमा केही लुगा थिएन, नाकबाट रगत बगेको देखिन्छ,’ उनले भने, ‘दाहिने गालामा झापट हानेको डाम देखिन्छ, देब्रेमा दाँतले टोकेको देखिन्छ । निधारमा नीलडाम छ ।’

आइतबार साँझदेखि बेपत्ता बालिका खोजिए पनि करिब १९ घण्टापछि औरहीभन्दा ३ किलोमिटरपूर्व शव भेटिएको स्थानीय सत्यनारायण चौधरीले जनाए ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले घटना गम्भीर प्रकृतिको रहेको बताए । ‘पोस्टमार्टमपछि थप तथ्य खुल्नेछन्’, उनले भने ।

पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । हत्याराले आफूले लगाएका लुगा पनि घटनास्थलमै फालेको छ । बालिकाको शवनजिक पुरुषले लगाउने कालो चश्मा, ब्राउन रंगको अन्डरपेन्ट, सुन्तला रंगको गम्छा, बिस्कुटका खालि खोल प्रहरीले फेला पारेका छन् । बालिकाका लुगा पनि उनको शव नजिक भेटिएको छन् ।

‘आइतबार साँझ बालिका हराएको थाहा पाउनसाथ प्रहरी खटे पनि राति २ बजेसम्म कहीं भेटिएन’, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले भने, ‘सोमबार बिहान स्थानीयवासीसँगै खोज्दै जाँदा शव फेला पर्‍यो ।’ उनले दोषीको पहिचान भइसकेकोले छिट्टै पक्राउ पर्ने दाबी गरे ।

उनले दोषी असामान्य अवस्थाको मान्छे रहेको एसपी कार्कीले जनाए । तर, उनको नाम खोल्न चाहेनन् । उनलाई पक्राउ गर्न प्रहरीको विशेष टोली खटाइएको छ । ‘बालिका लैजाने मान्छे असमान्य (सन्काहा) टाइपको छ । घर छोडी फिरन्ते जिन्दगी बिताउँदै आएको छ,’ एसपी कार्कीले भने, ‘बच्चा उठाएर लगेको व्यक्तिले नै कर्तव्य गरेको हाम्रो शंका छ ।’

पसलबाटै टिपेर लगियो बालिका

औरही बजारमा इन्द्रेश र सन्तोषको सिद्धार्थ फेन्सी एन्ड रेडिमेट छ । आमा इन्द्रेशसँग खेल्दै गरेकी बालिकालाई अपरिचितले आइतबार साँझ उठाएर लगेका थिए ।

चौधरी पति-पत्नीले पसल आलोपालो सञ्चालन गर्दै आएका थिए । आइतबार रक्षाबन्धन परेकाले सन्तोष बहिनीको घर सर्लाहीको मधुवनपट्टि गएका थिए । पति नहुँदा इन्द्रेशले पसल अगाडि खाटमा छोरी सुताएकी थिइन् ।

‘कपाल खौरेको केटो पसलमा टोपी किन्न आयो, टोपीको मूल्य सोध्यो र महँगो भन्दै हिंड्यो’, इन्द्रेशलाई उद्धृत गर्दै स्थानीय सुमित्रा चौधरीले भनिन्, ‘सन्तोषदाइ हुँदा सामान सस्तोमा दिनुहुन्थ्यो भन्दै निस्केको त्यही केटोले खाटमा रहेको बच्चा खेलाउन थाल्यो ।’ इन्द्रेशले पसल मिलाउन लाग्दा उसले बालिका लिएर भागेको उनले बताइन् । पसल बन्द गरेर बच्चा खोज्दा नभेटिएपछि परिवारले प्रहरीमा खबर गरेको थियो ।

अभिभावक भन्छन्ः प्रहरीले समयमै खोजिदिएन

पसलमा जडान गरेको सीसी क्यामेरा फुटेजमा सेतो भेस्टमा कालो धर्का भएको जिन्सपेन्ट लगाएको, कपाल खौरिएको करिब २५ वर्षीय युवाले बच्चा काखमा बोकेर लगेको देखिन्छ । प्रहरीले यसै आधारमा हत्याराको खोजी गरिरहेको छ ।

तर प्रहरीले बेलैमा नखोजिदिएका कारण सोनालीको हत्या भएको परिवारले आरोप लगाएको छ । ‘प्रहरीले समयमै खोजेको भए छोरी मारिने थिइन,’ सन्तोषले भक्कानिँदै भने, ‘छोरीलाई उठाएर लगेपछि प्रहरी पसलमा आयो तर तुरुन्तै खोजी गरिएन ।’

हत्यामा उठाएर लग्ने व्यक्तिको मात्र नभई अरु दुई-तीन जनाको पनि हात हुन सक्ने परिवारको भनाइ छ । चार वर्षे छोरा सिद्धान्तपछि ८ महिनाअघि सोनाली जन्मेकी थिइन् ।

औरही नगरपालिका-१ का वडाध्यक्ष राजकिशोर चौधरीले दोषीलाई हदैसम्म कारवाही हुनुपर्ने माग गरेका छन् । ‘यस्तो ठूलो क्षतिको हामीले कल्पना पनि गरेका थिएनौं,’ उनले भने, ‘दोषीलाई कडा कारवाही गर्न सरकारसँग हाम्रो माग छ ।’ आजको अन्नपूर्ण पोष्ट बाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger