Latest Updates :

भक्तपुरमा नेवार समुदायले यसरी लगायो आगो

SHARE THIS POST :
भक्तपुरका नेवार समुदायले गठेमंगल पर्व मनाएका छन् । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव रहेके र त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने मानिस मन नपर्ने भएकाले उसले सत्य वचन सुन्न नपरोस् भनेर सधैंँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने भएकाले उसलाई घण्टाकर्ण भन्ने गरिएको किंवदन्ती छ ।



एकदिन घण्टाकर्ण मरेको र ऊ मरेको खुशीयालीमा स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राख्ने गरिएको धार्मिक किंवदन्ती रहिआएको छ । विभिन्न टोल टोलमा युवाहरु जम्मा भई बिहिबार साँझ आगो बालेर भूत भगाएका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger