Latest Updates :

पार्कमा खेलिरहेका बच्चाहरुका अगाडि नै यौन सम्पर्क, प्रहरी पुग्दा भागे जोडी नै

SHARE THIS POST :
एजेन्सी ।  बालबालिकाहरुको अगाडि एक जोडी यौन कार्यमा लिप्त भएको र खबर गर्दा पनि समयमै प्रहरी नआइपुगेको घटनाले बाहिर आएको छ । एक क्रिकेट मैदानमा एक युगल जोडी बच्चाहरुको अगाडी नै आपत्तिजनक स्थितिमा भेटिएपछि मानिसहरुले प्रहरीलाई खबर गरेका थिए । राउन्डे पार्कमा बच्चाहरु खेलिरहेका थिए भने सँगै रहेको मैदानमा ती जोडी यौन कार्यमा लिप्त थिए ।

पार्कमा रहेका बच्चाका आमाबुवाले उक्त दृष्य देखेपछि तुरुन्तै प्रहरीलाई सुचना दिएका थिए । तर पटक पटक फोन गर्दा पनि प्रहरी भने आएको थिएन ।
त्यसपछि रुष्ट भएका बालबालिकाका बुवाले उक्त जोडीको नजिक गए र युवकलाई थप्पड हानेका थिए । यस क्रममा पिट्ने ती व्यक्तिका पत्नीले यौन क्रियामा लिप्त जोडीको भिडियो बनाइरहेकी थिइन् ।

उसँग कस्तो आपतकाल हो भन्ने विषयमा सोधिएको प्रश्नमा महिलाले जवाफमा भनेकी थिइन– मैले आधा घण्टा पहिला रिपोर्ट गरेको थिएँ कि पार्कमा क्रिकेट खेलिरहेका बच्चाहरुको अगाडि एक जोडी सहबास गरिरहेका छन् । ती जोडी फेरि सहबास गर्न गइरहेका छन्, तर अहिलेसम्म प्रहरी आइ पुगेको छैन । ढिलो गरी प्रहरी आइपुग्दा उक्त जोडी त्यहाँबाट भाग्न सफल भएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger