गोरखा भीमसेन थापा गाउँपालिका–६ अश्राङमा सोच्नै नसकिने घटना घटेको छ । घटनाअनुसार आमाछोरा सहवास गर्दै गर्दा गाउँलेले समातेका छन । सहवास गर्दै गर्दा गाउँलेले देखेपछि वडा सदस्यलाई बोलाएका थिए ।
गाउँका वडा सदस्य त्यहा आइपुग्दा समेत उनीहरु सहवासमै लिप्त थिए । गाउका वडा सदस्यले त्यस्तो दृश्य देखेपछि प्रमाणकालागि मोबाइलबाट भिडियो खिचेका थिए ।
घटना भए लगतै भिडियो सहित उजुरी दिन पुगे पछि उजुरीका आधारमा ७० वर्षकी आमा र ३३ वर्षका छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको गोर्खा प्रहरी कार्यालयमा कार्यरत इनेस्पेक्टर राम शंकर कोहरले इमेची डटकमलार्इ बताएका छन् । कोहरका अनुसार राति ९ बजेको समयमा मादक पदार्थ सेवन गरेका आमा र छोरा सहवासमा लिप्त भएका हुन् । आफ्नी श्रीमतीसँग घरझगडा परेपछि श्रीमती छिमेकीसँग गुहार गर्न घरबाट बाहिर निस्केकी थिइन् । श्रीमतीले छरछिमेकलार्इ बोलाएर ल्याउँदा त्यहाँ सोच्नै नसकिने दृश्य देखिएको थियो ।
के उनीहरुको मानसिक सन्तुलन खराव थियो त भन्ने कोहरले भने हामीले अहिले अनुसन्धान गरिरहेका छौं । विस्तृत विवरण आउन बाँकी छ । विदेशतिर स्टेपमम (सौतेनी आमा) र छोरा बीचको सहवासलार्इ सहज रुपमा लिने गरिन्छ । तर गोरखामा घटेको यो घटना भने कल्पना गर्न नसकिने घटना घटेको छ ।
source: ktmdainik
थप समाचार
बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को सुरक्षा तयारी पूरा भएको छ। केन्द्रीय सुरक्षा समितिले बिमस्टेक सुरक्षा योजना-२०७५ लाई शनिबार अनुमोदन गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा शनिबार साँझ बसेको बैठकले विशिष्ठ व्यक्तिहरूको सुरक्षा निर्देशिका अनुसार पाहुनाहरूको ओहदाअनुसार सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरिसकेको छ।
पारित सुरक्षा योजना अनुसार बिशिष्ठ पाहुना र उनका आफन्त, मन्त्री र सचिवको आन्तरिक सुरक्षा नेपाली सेनाले गर्नेछ। नेपाल प्रहरीले बैठकस्थलको प्रबन्ध सुरक्षा र स्कर्टिङ गर्नेछ। सेनाले बिमस्टेक अवधिभर सैनिक गस्ती र सवारीसाधनबाट समेत गस्ती गर्ने जिम्मेवारी पाएको छ।
पुलपुलेसा र अग्ला भवनहरुबाट सशस्त्र प्रहरीले सुरक्षा दिनुका साथै पैदल गस्ती समेत बढाउनेछ। सरकारले आईतबारदेखि नै बिमस्टेक सुरक्षा योजना लागू गरेको छ। सोही अनुसार अब बैठक अवधीभर देशमा हुने साना–ठुला सबै घटनाको समेत बिश्लेषण हुनेछ।
स्रोतका अनुसार राष्ट्र प्रमुख र सरकार प्रमुखको सुरक्षामा सेनाका अधिकृत तहका बिशेष तालिमप्राप्त अधिकारी खटिनेछन्। बैठक स्थलको सुरक्षाका लागि समेत सेनाको कमाण्डो खटिनेछन्।
बैठकमा सहभागी हुन आउने राष्ट्रप्रमुख, सरकार प्रमुख, उनीहरुका आफन्त, मन्त्री र सचिवलाई बेग्ला–बेग्लै सवारीसाधन र सुरक्षाकर्मी उपलब्ध गराइनेछ। यस्तै, अन्य पाहुनाका लागि भने देश अनुसार भ्यानको व्यवस्था गरिनेछ।
सुरक्षा चुनौतीः रोहिंग्यादेखि लिट्टेसम्म नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले बिमस्टेक बैठकमा सहभागी हुने बिशिष्ठ पाहुनाहरुलाई रोहिंग्या (म्यानमार) शरणार्थीदेखि लिबरेसन अफ तमिल टाईगर इलम (लिट्टे) सम्मबाट खतरा रहेको बिश्लेषण गरेको छ।
सरकारी स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाका राष्ट्रपति मैत्रीपला सिरिसेनालाई सबैभन्दा बढी सुरक्षाको खतरा रहेको बिश्लेषण गरिएको छ।
सुरक्षा निकायले मोदी, हसिना र सिरिसेनाको विगत समेतका आधारमा सुरक्षा बिश्लेषण गरेको हो। यी तीनबाहेक म्यानमारका राष्ट्रपति विन्ट मिन, थाईल्याण्डका प्रधानमन्त्री प्रयुच चाओचा र भुटानका प्रधानन्यायाधीश छिरिङ वाङचुकको समेत सुरक्षा चुनौतीको बिश्लेषण गरिएको हो।
सुरक्षा निकायको विश्लेषणमा मोदी हिन्दु धर्मका कट्टर अनुयायी र पृष्ठभूमि भएका नेता भएकाले उनलाई गैर हिन्दु धार्मिक कट्टरपन्थी समूहबाट सुरक्षा खतरा छ।
विशेष गरी नेपालमा उपस्थिति देखिएका इन्डियन मुजाहिद्दिन (आईएम) बाट उनलाई सबैभन्दा बढी खतरा रहेको निष्कर्ष सुरक्षा निकायको छ। आईएमलाई अन्य अतिबादी र आतंकबादी संगठनको सहयोग रहनसक्ने आँकलन सुरक्षा निकायको छ।
त्यसपछि अल कायदा, आईएसआईएस, लस्कर-ए तयबा, जैस-ए-मोहम्मद, हिजबुल मुजाहिद्दिन र तसरिक-ए-तालिबानबाट समेत मोदीलाई खतरा रहेको विश्लेषणअनुसार सुरक्षा तयारी गरिएको छ।
बंगलादेशी प्रधानमन्त्री हसिनाको हकमा जिहादी (धार्मिक योद्धा) समूह, स्वतन्त्रता विरोधी तत्व, जमातुल मुजाहिद्दिन (जेएमबी), हिफाजत ए इस्लाम र लस्कर-ए-तोयबाट खतरा रहेको बिश्लेषण गरिएको छ। यस्तै, रोहिंग्या समुहबाट समेत हसिनामाथि सुरक्षा खतरा रहेको विश्लेषण नेपाली सुरक्षा निकायको छ।
मानवीय आधारमा बर्मा (म्यानमार) बाट विस्थापित रोहिङ्ग्या समुदायलाई बंगलादेशले आफ्नो देशमा शरण दिएको छ। तर, यी शरणार्थीलाई बर्मा नै फिर्ता गराउन चाहन्छ बंगलादेश। त्यसैले, प्रधानमन्त्री वाजेदमाथि अराकन रोहिंग्या स्यालभेसन आर्मी (एआरएसए) बाट खतरा रहेको विश्लेषणका साथ सुरक्षा प्रबन्ध गरिएको छ।
लिट्टेको अस्तित्व श्रीलंकामा नरहेपनि तामिल समुदायको सञ्जाल संसारभर रहेकाले राष्ट्रपति सिरिसेनामाथि पनि सुरक्षा चुनौति रहेको विश्लेषण गरिएको छ। लिट्टेले उठाएको पृथक मुलुकको मुद्दाका पक्षमा रहेका व्यक्ति वा संस्थाहरुले बिमस्टेक सम्मेलनको अवधिमा राष्ट्रपति सिरिसेनाको विरोध हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा व्यवस्था गरिएको छ।
मोदी र हसिना दुबैलाई एउटै समुहबाट खतरा भारत र बंगलादेश आफ्ना आन्तरिक मामिलामा एकअर्काका परस्पर विरोधी रहेपनि सुरक्षा खतरा भने एउटै समुहबाट हुनेगर्छ। बिमस्टेक बाहिर रहेको पाकिस्तान र उसको गुप्तचर संस्था (आईएसआई) ले मोदी र हसिनालाई एउटै तहमा राख्ने गरेको विश्लेषण छ नेपाली सुरक्षा निकायहरुको।
सुरक्षा अधिकारीहरुका अनुसार मोदी र हसिनालाई लष्कर-ए-तोयबाबाट बराबर खतरा रहने गरेको छ। तोयबा र आइएसआइएसले सदस्य बनाएका रोहिङ्ग्या सदस्यको दस्ताबाट सुरक्षा चुनौती रहेको हो।
सुरक्षाकर्मी, हातहतियार र सवारीसाधनलाई अनुमति सरकारले गृहमन्त्रालयको निगरानी र रेखदेखमा बिमस्टेकमा सहभागी हुने बिशिष्ठ पाहुनाहरुलाई सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने अनुमति दिएको छ।
स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि ‘स्पेशल प्रोटेक्सन ग्रुप’ (एसपीजी) को दस्ता, उनीहरुले बोक्ने हतियार र सवारीसाधन ल्याउनेक्रम सुरु भएको छ।
यस्तै, बंगलादेशका प्रधानमन्त्री हसिनाको सुरक्षामा स्पेशल सेक्युरिटी फोर्सेस (एसएसएफ) को टोली हतियारसहित नेपाल आउनेछ। यी दुई बाहेक अन्य चाहिँ आफ्ना ब्यक्तिगत सुरक्षाकर्मी र उनीहरुले बोक्ने हतियारसहित आउनेछन्।
रोहिंग्याको प्रर्दशन-चुनौती बिमस्टेक सम्मेलनमा म्यानमारका राष्ट्रपति मिन्ट र बंगलादेशका प्रधानमन्त्री को प्रत्यक्ष सहभागिता हुने भएकाले नेपालमा रहेका रोहिङ्ग्या शरणार्थीको प्रदर्शन समेतलाई सुरक्षा चुनौती मानिएको छ।
नेपालमा करिब ६ सय रोहिङ्ग्या शरणार्थी छन्, उनीहरुले आफ्ना सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा ध्यान आकर्षणका लागि समेत प्रर्दशन गर्नसक्ने सम्भावना सुरक्षा निकायहरुले देखेका छन्। साभार नेपाल खबरगोरखा भीमसेन थापा गाउँपालिका–६ अश्राङमा सोच्नै नसकिने घटना घटेको छ । घटनाअनुसार आमाछोरा सहवास गर्दै गर्दा गाउँलेले समातेका छन । सहवास गर्दै गर्दा गाउँलेले देखेपछि वडा सदस्यलाई बोलाएका थिए ।

नेपालमा करिब ६ सय रोहिङ्ग्या शरणार्थी छन्, उनीहरुले आफ्ना सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा ध्यान आकर्षणका लागि समेत प्रर्दशन गर्नसक्ने सम्भावना सुरक्षा निकायहरुले देखेका छन्। साभार नेपाल खबर
Post a Comment