Latest Updates :

भीरबाट नदीमा खस्दै गरेको यात्रुसहितको बसलाई ढुंगाले जोगायो….

SHARE THIS POST :

कालीकोट। कालीकोटमा भीरबाट नदीमा खस्दै गरेको बस ठूलो दुर्घटनाबाट जोगिएको छ । नदीमा खस्दै गरेको बस बीचमै ठूलो ढुंगामा अड्किएपछि ठूलो दुर्घटना टरेको हो । बस र ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्।

जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको ना ६ ख २५३६ नम्बरको बस र कालिकोटको मान्मादेखि जुम्ला जाँदै गरेको भे १ ख १८९८ नम्बरको ट्रक कर्णाली राजमार्गको नाग्मघाट नजिक खाँडाचक्रमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार तीन यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
सडकको मोडमा तिव्र गतिमा हुँदा बस र ट्रक एक आपसमा ठोक्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सडक छेउको ढुंगाले बसलाई नरोकेको भए ठुलो दुर्घटना हुने थियो। बस नदीमा खस्न नपाउँदा ठूलो दुर्घटना टरेको छ र धेरैको ज्यान जोगिएको छ । सामान्य घाइतेलाई कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger