काभ्रे, १० साउन । जिल्लाको भकुन्डेबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस बिहीबार बिहान दुर्घटनामा परेको छ ।
बा ३ ख ८१५५ यात्रुबाहक बस धुलिखेल बेजिङ प्लान्टनजिकै दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, केही घाइते घर फर्केका छन् भने केहीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बस सडकबाट करिब ३० मिटर तल खसेको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । -अनलाइनखबरबाट
यो पनि पढ्नुहोस
शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि को बन्दैछ त नयाँ कानुनमन्त्री ?
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीमाथि लाञ्छानायुक्त अभिव्यक्ति दिएकोमा विवादित कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार राजीनामा दिए ।
कानुन मन्त्री तामाङले राजीनामा दिएसँगै केपी ओली सरकारमा नयाँ कानुन मन्त्रीको खोजी सुरु भएको छ । तामाङलाई राजीनामा दिन सल्लाह दिएसँगै प्रधानमन्त्रीले नयाँ कानुन मन्त्री नियुक्तिको तयारी सुरु गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नयाँ मन्त्री सम्भवतस् बुधबार नै नियुक्त हुने संकेत गरेका छन् । कानुन निर्माणको चटारो रहेकाले तत्कालै नयाँ मन्त्री नियुक्ति हुने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कानुन मन्त्री नियुक्तिका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग मंगलबार साँझ छलफल गरेका छन् । दाहालले तत्कालिन एमालेबाट प्रतिनिधित्व गरेकाले स्वविवेकमा निर्णय गर्न सुझाव दिएको बताइएको छ ।
एमालेमा हुँदा नेपाल समूहमा रहेका तामाङको राजीनामासँगै अब सरकारमा उनीपक्षीय लालबाबु पण्डितमात्रै रहेका छन् । नेपालले नयाँ मन्त्री आफ्नै सिफारिसमा हुनुपर्ने दाबी गरेका छन् । तर, नाम भने दिएका छैनन् ।
कानुन मन्त्रीका लागि ओलीको रोजाइमा भानुभक्त ढकाल परेका छन् । तत्कालिन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संसदमा निर्वाचित भएका थिए ।
इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेका ढकाललाई मन्त्री बनाउन एमालेमा कानुन क्षेत्रमा ‘होल्ड’ गर्दै आएका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलले लबिइङ गरेका छन् ।
Post a Comment