Latest Updates :

केहि दिनदेखि हराइरहेकी महिला अजिङ्गरको पेटभित्र भेटिइन (भिडियो सहित)

SHARE THIS POST :

एजेन्सी,३ असार । गत बिहिबारदेखि हराइरहेकी इन्डोनेसियाकी ५४ वर्षिय वा तिबालालाई ३२ फुट लामो अजिङ्गरको पेटभित्र भेटिएको छ । बिहिबार राती बगैँचामा तरकारी टिप्न गएकी महिला हराएपछि उनका आफन्तले उनको खोजी गरेका थिए ।
स्थानीयले उक्त अजिङ्गरलाई मुना द्वीपको पेरस्यिापन लावेला गाउँमा फुलेको अवस्थामा भेटेका थिए । फुलेको अवस्थामा भेटिएको अजिङ्गरलाई मारेर त्यसको पेट चिरेर हेर्दा तिबालाई भेटिएको प्रहरी अधिकारी हिम्काले बताए । इन्डोनेसिया र फिलिपिन्समा ६ मिटरसम्मको अजिङ्गर भेटिनु सामान्य मानिन्छ । यसले साना जनावरमाथि हमला गर्ने गर्दछन् । तर मानिसलाई नै निल्ने घटना निकै दुर्लभ हुन् ।



थप समाचार

काठमाडौं- जटियाको कम्पनीमा १६ वर्ष काम गरेर मगरले विवादका कारण केही महिनाअघि जागिर छाडे । त्यसपछिका केही हप्ता जटिया सिंगापुर बसे । नेपाल फर्किएको केही दिनमै उनलाई फोन आयो– तपाईंले आफ्नो जग्गा बेच्न लाग्नुभएको हो ? नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।मालपोत कार्यालयका कर्मचारीले फोन गरेर उनलाई यो प्रश्न सोधेका थिए । मालपोतका कर्मचारीको प्रश्नले उनी झस्किए । जग्गा बेच्नेबारे कोहीसँग उनको कुरै भएको थिएन । तर, जग्गा नामसारीको कागजपत्र मालपोत कार्यालयमा तयार भइसकेको थियो । चिरीबाबु महर्जन नामक एक बिचौलियाले जग्गा नामसारीको प्रक्रिया अघि बढाएका थिए ।

मालपोतका कर्मचारीबाट सूचना पाएपछि उनी हतारहतार मालपोत कार्यालय गएर बुझे । जग्गा कम्पनीको नाममा थियो । विदेशीले कम्पनीको नाममा सम्पत्ति जोड्न पाउने, तर व्यक्तिको नाममा नपाउने भएकाले उनको सबै सम्पत्ति कम्पनीको नाममा थियो ।सबै सम्पत्ति रहेको उनको कम्पनी आफ्ना पूर्वकामदार मगरको नाममा नामसारी भइसकेको कागजपत्र मालपोतमा पेस गरिएको थियो । उनी थप तनावमा परे । कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर बुझ्दा कम्पनी उनको नाममा थिएन ।करिब ६० करोड रुपैयाँबराबरको घरजग्गालगायत सम्पत्ति पनि बिक्री हुने क्रममा रहेको थाहा पाए । जग्गा बिक्रीका लागि मगरले बैना रकमसमेत लिइसकेका थिए । बालुवाटारमा रहेको करिब दुई रोपनी जग्गा र घर, सतुंगलको जग्गा, त्यस्तै नुवाकोट र म्याग्दीमा रहेको जग्गासमेत उनले बिक्रीको प्रक्रियामा लगिसकेको पत्ता लाग्यो ।त्यसपछि जटिया प्रहरीमा पुगे । सिआइबीले तत्कालै जितबहादुरलाई पक्राउ गरेर अनुसन्धान थाल्यो । प्रहरीले जटियाको घरजग्गा बिक्रीका लागि लिएको ५० लाख बैना रकम पनि बरामद गरेको छ ।

‘अनुसन्धानका क्रममा एक व्यक्तिले जितबहादुरलाई प्रयोग गरेर जटियाको सम्पत्ति हात पार्न खोजेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारीले भने । कर्मचारीकै मिलेमतोमा त्यसरी नक्कली कागजपत्रका आधारमा नामसारी भएको थियो । अनुसन्धानका क्रममा कर्मचारीले मोटो रकम लिएको खुलेको छ ।व्यवसायी जटियाका पूर्वकर्मचारी जितबहादुर मगरले मालिकको सम्पत्तिबारे आफन्त तथा साथीहरूलाई बताएका थिए । साथीकै योजनामा उनले कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी कम्पनीको अध्यक्षबाट जटियालाई हटाएर आफू नियुक्त भएको कागजपत्र तयार पारे ।त्यही आधारमा कम्पनी आफ्नो नाममा लिए । कम्पनी आफ्नो नाममा लिएपछि सबै घरजग्गा बिक्री गरेर भाग्ने तयारी गर्ने क्रममा योजनाकारसहितका व्यक्तिहरू पक्राउ परेका हुन् । सिआइबीले कम्पनी रजिस्ट्रार कार्यालयका चार कर्मचारीलाई पक्राउ गरिसकेको छ । अधिकृतद्वय नारायण पोखरेल र उमेश जोशीसहितका कर्मचारी पक्राउ परेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. online news nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger